अर्को शैक्षिक वर्षसम्बन्धी महत्वपूर्ण जानकारी

  • नमस्ते ! म चेरी क्रिक स्कुल्सको सुपरिटेन्डेन्ट स्कट सिगफ्राइड हुँ ।

     

    शैक्षिक वर्ष सकिँदै जाँदा म हाम्रा शिक्षक, कर्मचारी, विद्यार्थी र परिवारहरूलाई कठिनाइको यस घडीमा दृढ रहन प्रयास गरिरहनुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । 

     

    यो असाधारण स्प्रिङ भएको छ । मार्चमा, हामीले केवल पाँच दिनमा नै दूर शिक्षा प्रणाली स्थापित गरेका थियौँ जसले सम्पूर्ण शैक्षिक प्रणालीको प्रकृतिलाई परिवर्तन गर्दै पछिल्लो दुई महिनादेखि विद्यार्थीहरूलाई व्यस्त राख्ने काम गरिरहेको छ ।

     

    हामीले घरमा उपकरणहरू उपलब्ध नभएका विद्यार्थीहरूलाई 6,500 भन्दा बढी कम्प्युटरहरू उलपब्ध गराएका थियौँ । हामीले विद्यार्थीलाई दिनमा झन्डै 4,000 वटा भोजनहरू वितरण गरिरहेका छौं र आजसम्म सो संख्या 130,000 नाघिसकेको छ । स्कुल नर्स र मानसिक स्वास्थ्यकर्मीहरू हाम्रो हेल्थलाइन (HealthLine) मार्फत विद्यार्थीहरूको सेवामा उपलब्ध छन् । हाम्रो चेरी क्रिक स्कुल्स फाउन्डेसनले विपन्न परिवारहरूका लागि पुस्तक, स्कुल सामग्री तथा अन्य कुराहरू उपलब्ध गराउन समुदायका साझेदारहरूसँग मिलेर काम गरेको छ ।

     

    वास्तवमा यो यस्तो समुदाय हो जुन हरेक क्षणको सामना गर्न एकजुट हुने गर्छ ।

     

    यस शैक्षिक वर्षको अन्त्यसम्म हामीले प्रस्तुत गरेको उत्थानशीलता र कडा परिश्रमको सम्मान गर्दैगर्दा पनि हामीलाई थाहा छ कि हाम्रा सबैभन्दा ठूला चुनौतीहरू आगामी दिनहरू हुन् । आज, म तपाईंसँग हामीले डिस्ट्रिक्टको हैसियतले अर्को शैक्षिक वर्षका लागि कसरी योजना बनाउँदैछौँ भन्ने बारेमा चर्चा गर्न चाहन्छु ।

     

    यद्यपि सर्वप्रथम - हामीले यस समर (गर्मी याम) को अन्त्यमा विद्यार्थीहरूका लागि व्यक्तिगत लाइभ स्ट्रिम गरिने दीक्षान्त (ग्राजुएसन) समारोहको योजना बनाइरहेका छौँ ।  हामी हाम्रा योजनाहरूलाई अन्तिम रूप दिई सञ्चार गर्नुभन्दा पहिले स्वास्थ्य अधिकारीहरूबाट अन्तिम मार्गदर्शन पर्खिरहेका छौँ - हामी छिट्टै नै यसको सूचना पठाउनेछौँ ।  म सुरुमा मई 20, 21 र 22 मा मनाउने योजना गरे अनुसार डिस्ट्रिक्टभरिका सिनियर विद्यार्थीहरूलाई सम्मान गर्ने समारोहमा सामेल हुनका लागि विशेष प्रयास गर्न पनि हाम्रो समुदायलाई आग्रह गर्न चाहन्छु ।

     

    अर्को वर्षको तयारीका लागि - मेरो सबैभन्दा ठूलो आशा के छ भने स्कुल सामान्य चलेको होस्, तर आशा गर्नु रणनीति होइन र त्यो वास्तविकतामा परिणत हुनेछ भन्ने कुरामा मलाई विश्वास छैन । सत्य के हो भने भविष्यमा के हुन्छ भनेर ठ्याक्कै हामीलाई थाहा छैन । मेरो काम भनेको चाहे जस्तोसुकै निर्णय होस्, सोही अनुसार विभिन्न परिदृश्यहरूका  लागि योजना बनाउने कार्यमा डिस्ट्रिक्टको नेतृत्व गर्नु हो ।

     

    मैले विभिन्न विधिहरूका बारेमा विचार गर्दैगर्दा, म सर्वप्रथम हाम्रा 55,000 बच्चाहरू, हाम्रा 9,000 कर्मचारी र अन्तमा हरेक दिन उनीहरू फर्कने परिवारहरूको स्वास्थ्य र सुरक्षाको बारेमा सोच्ने गर्छु । तथ्य के हो भने जब 65,000 मानिसहरू दिनको आठ घण्टासम्म निकट रहेर भेला हुन्छन्, उनीहरूले एकअर्कामा कीटाणुहरू सार्छन् र त्यसपछि उनीहरू तपाईं कहाँ घर आउँछन् ।

     

    त्यसैले शिक्षाको गम्भीर प्रकृति र हामीले कार्य गर्ने सन्दर्भमा, हामीले तर्जूमा गर्ने योजनामा म गभर्नर, कोलोराडो शिक्षा विभाग र ट्राई-काउन्टी स्वास्थ्य विभागका मार्गनिर्देशनको पालना गर्नेछु ।

     

    अन्तमा, विधि जस्तोसुकै भए पनि हामी सबल, अर्थपूर्ण शिक्षा प्रदान गर्नका तयार रहनैपर्छ जहाँ विद्यार्थीहरू नयाँ सिकाइका लागि उत्तरदायी रहने छन् ।

     

    मलाई यकिन छ कि तपाईंको मामलामा पनि उही होला, म सङ्क्रमणलाई सीमित गर्ने प्रमुख विधिको रूपमा सामाजिक वा भौतिक दूरीको बारेमा छलफल नगरिएको कुनै टिभी देखेको छैन वा कुनै रिपोर्ट पढेको छैन । यदि त्यस्ता आदेश लागू भइरहेमा हामी स्कुलहरूमा पनि भौतिक दूरी कायम गर्ने योजना बनाउनेछौँ । स्कुलहरू विद्यार्थी र वयस्कहरूलाई सँगै साना ठाउँमा ल्याउने र समूहमा काम गराउनेगरी निर्माण र अनुदान गरिएको हुनाले भौतिक दूरी प्रदान गर्ने एक मात्र उपाय भनेको त्यस्तो कार्यक्रमको विकास गर्नु हो जहाँ हरेक दिन सबै विद्यार्थीहरू स्कुलमा उपस्थित हुन सक्दैनन् - यदि त्यस्तो अवस्था आयो भने अर्को वर्ष यो नाटकीय हिसाबले फरक हुनेछ जहाँ विद्यार्थीहरू हप्ताका केही दिन स्कुलमा र केही दिन घरमा रहन सक्नेछन् ।

     

    मलाई लाग्छ कि हामी वर्षको कुनै पनि बिन्दुमा दूर शिक्षामा परिवर्तन गर्न पनि तयार रहनुपर्ने हुन्छ । मलाई हामीले यस स्प्रिङका लागि दूर शिक्षा लागू गर्न अत्यन्त थोरै समयमा असाधारण काम गरेका थियौँ भन्ने लागेको भएतापनि हामी अर्को वर्ष अझ राम्रो गर्न तयार रहनुपर्दछ ।

     

    यसको एक महत्त्वपूर्ण अंश भनेको गत केही महिनाबाट पाठ सिक्नु हो - हाम्रो योजनामा हामीले अहिले नै परिवर्तन गर्दैछौँ जस्तै कि विद्यार्थीहरूले सिकाइका लागि प्रयोग गर्ने प्लेटफर्महरूको संख्या सीमित गर्ने, थप सिङ्क्रोनस सिकाइका लागि तयारी गर्ने - यसको अर्थ शिक्षकहरूले अनलाइनमा पाठको नेतृत्व गरी सम्पूर्ण कक्षालाई एकै समयमा समेट्छन् र सहभागी हुन तथा आफ्नो काम गर्नका लागि विद्यार्थीहरू उत्तरदायी हुन्छन् ।

     

    यसको अर्थ के पनि हुन्छ भने शैक्षिक वर्ष सुरु हुनुअघि शिक्षक, अभिभावक र विद्यार्थीहरू सबैलाई अनलाइन शिक्षा प्लेटफर्महरूमा निपुणता प्राप्त गर्न आवश्यक सबै औजार तथा साधनहरू प्रदान गर्नुपर्ने हुन्छ ।

     

    हामी अर्को शैक्षिक वर्षमा प्रवेश गर्ने बित्तिकै फरक विकल्प चाहने परिवारहरूका लागि चेरी क्रिकको एलिभेसन अनलाइन हाई स्कुल र खुला इलिभेसन अनलाइन मिडल स्कुललाई पनि विस्तार गर्नेछौँ ।

     

    हामी यी योजनाहरूमा काम गरिरहेका छौं र हामीले सकेसम्म चाँडो विस्तृत विवरण तपाईंहरूलाई पठाउनेछौँ । यद्यपि, धेरै कुराहरू गर्नी याममा यो महामारी कसरी अगाडि बढ्नेछ भन्नेमा निर्भर रहन्छ । फेरि पनि, मेरो ठूलो आशा के छ भने हामी सबै स्कुलमा फर्कनेछौँ र हामीसँग त्यसका लागि योजना तयार छ जोकि हामीसँग 70 वर्षदेखि रहिरहेको छ । यद्यपि, मलाई लाग्छ कि यो मेरो जिम्मेवारी हो र साथै मलाई के पनि विश्वास छ भने तपाईं, हाम्रो समुदायले हामीले अर्को तीन महिनासम्म अनिश्चित भविष्यका लागि योजना बनाउने अपेक्षा राख्नुपर्छ ।  स्कुलहरूको स्थितिसम्बन्धी जेजस्तो निर्णय लिइएतापनि, सोको निम्ति योजना बनाउनका लागि हामी अर्थपूर्ण विधि अपनाउन तयार छौँ ।

     

    मैले आगामी केही वर्षका लागि हाम्रो बजेटसम्बन्धी मेरो चिन्ताको बारेमा पनि तपाईंलाई जानकारी गराउनैपर्छ ।  हिजो हामीले थाहा पायौँ कि प्रान्तले 3 अर्ब डलरभन्दा बढी घाटाको बजेट तर्जूमा गरिरहेको छ - चेरी क्रिक स्कुल्सका लागि, त्यसले गर्दा 30 करोड डलरभन्दा बढीको कटौती हुन सक्नेछ ।  यसको अर्थ, डिस्ट्रिक्टको 70 वर्षे इतिहासमा सबभन्दा कठिन समयमा हामीले लाखौँ डलरको कटौतीका कारणले गर्दा अभूतपूर्व योजनाहरू कार्यान्वयन गर्नुपर्ने हुन्छ ।  यसले सबै कर्मचारीहरूलाई रोजगारीमा राखिराख्ने, उनीहरूलाई सार्थक पारिश्रमिक भुक्तानी गर्ने र तपाईंले अपेक्षा गरे अनुसारको समान गुणस्तरीय कार्यक्रमहरू प्रदान गर्ने हाम्रो क्षमतामा प्रत्यक्ष असर गर्नेछ ।  र धेरै सम्भावना के छ भने यसले आउँदा धेरै वर्षहरूसम्म प्रभाव पार्नेछ - म तपाईंलाई राज्यबाट हाम्रो बजेटमा कटौतीको कारणले गर्दा हुने परिवर्तनहरूका बारेमा जानकारी गराउनेछु ।

     

    यसै बीचमा, हामी हाम्रो समुदायलाई हामीले सक्ने हिसाबले सहायता प्रदान गरिरहने नै छौँ । चेरी क्रिक स्कुल्सले आगामी दुई महिनासम्म हाम्रा धेरै हाई स्कुलहरूमा रहेका पप-अप क्लिनिकहरूमा कोरोनाभाइरस स्वाब परीक्षण सेवा प्रदान गर्न स्ट्राइड (STRIDE) कम्युनिटी हेल्थसँग साझेदारी गर्दैछ । ती परीक्षण क्लिनिकहरू कहिले उपलब्ध हुनेछन् भनेर आगामी मिति र स्थानहरू थाहा पाउनका लागि हाम्रो वेबसाइट हेर्नुहोस् । परीक्षण सेवा समुदायका सबै सदस्यहरूका लागि उपलब्ध छ ।

     

    म यस संकटको घडीमा सबै एक साथ भएर एकअर्कालाई सहयोग गरेकोमा यो समुदायलाई धन्यवाद व्यक्त गर्दै तपाईंहरूबाट बिदा लिन चाहन्छु । मैले देखेका अनुकम्पा, निःस्वार्थ र धैर्यशील कार्यहरू साँच्चै प्रेरणादायी छन् । धन्यवाद । र सधैँ झैँ, सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस् ।

Last Modified on June 5, 2020