• प्रिय २०२० सिसिएसडि कक्षाका ग्राजुएट तथा परिवारहरू:

    हामीले ट्राइ काउन्टी स्वास्थ्य विभागसँग गरेको काम मार्फत ग्राजुएसन समारोहहरूका लागि एउटा अद्यावधिक गरिएको योजना विकसित गरेका छौँ जसमा हरेक ग्राजुएटले दुई जना अतिथि ल्याउन पाउनेछ भन्ने घोषणा गर्न पाउँदा चेरी क्रीक स्कूल डिस्ट्रिक्ट प्रसन्न छ। यी समारोहहरूलाई लाइभ-स्ट्रिम गरिनेछ जसले गर्दा परिवारका अतिरिक्त सदस्यहरू र साथीहरूले अनलाइन हेर्न सकून्।

    हाम्रा वटा परम्परागत हाइ स्कूलहरूका लागि आरम्भ समारोह निम्नानुसार बिहान बजे स्टटलर बाउलमा सञ्चालन हुनेछ जो 4700 S. Yosemite Street, Greenwood Village, 80111 मा रहेको छः

    • ग्र्यान्डभ्यु हाइ स्कूलबिहान बजे, सोमबार, जुलाई २७ का दिन स्टटलर बाउलमा
    • स्मोकी हिल हाइ स्कूलबिहान बजे, मङ्गलबार, जुलाई २८ का दिन स्टटलर बाउलमा
    • ओभरल्यान्ड हाइ स्कूलबिहान बजे, बुधबार, जुलाई २९ का दिन स्टटलर बाउलमा
    • चेरी क्रीक हाइ स्कूलबिहान बजे, बिहीबार, जुलाई ३० का दिन स्टटलर बाउलमा
    • इगलक्रेस्ट हाइ स्कूलबिहान बजे, शुक्रबार, जुलाई ३१ का दिन स्टटलर बाउलमा
    • चेरोकी ट्रेल हाइ स्कूलबिहान बजे, शनिबार, अगस्ट का दिन स्टटलर बाउलमा

     

    एन्डेभर एकेडेमीका लागि आरम्भ समारोह स्टटलर बाउलमा चेरी क्रीक इलिभेसनका लागि समारोह फ्रिमन्ट लर्निङ सेन्टर, 14603 E. Fremont Avenue, Centennial, 80112, मा निम्नानुसार हुनेछ:

     

    • चेरी क्रीक इलिभेसनदिउँसो १२ बजे सोमबार, जुलाई २७ का दिन फ्रिमन्ट लर्निङ सेन्टरमा
    • एन्डेभर एकेडेमीबिहान ११ बजे मङ्गलबार, जुलाई २८ का दिन स्टटलर बाउलमा

    उपस्थित हुने सबैले मास्क वा अनुहारको आवरण लगाउने र शारीरिक पृथकीकरण मार्गदर्शनको सम्मान गर्ने अपेक्षा रहनेछ।

     

    आफ्नो ग्राजुएटको स्कूलबाट अतिरिक्त विशेष जानकारीका लागि कृपया आफ्नो इमेल हेर्दै गर्नुहोस्।

     

    हामीले हाम्रा ग्राजुएटहरू, उनीहरूका परिवारहरू, हाम्रा स्टाफ र हाम्रो समुदायको स्वास्थ्यलाई सुरक्षित राख्दै, ग्राजुएसनको यो कोशेढुङ्गा र २०२० को कक्षाको उपलब्धिको उत्सव यस्तो महत्त्वपूर्ण तरिकमा मनाउन सक्यौँ भन्ने कुरालाई लिएर हामी धेरै खुसी छौँ।

     

    तपाईँहरूलाई ग्राजुएसन समारोहमा भेट्न हामी प्रतिक्षारत छौँ!

     

Last Modified on June 30, 2020