Translate
I Want To...
- Cherry Creek School District No. 5
- प्रिके-१२ का लागि व्यक्ति-उपस्थित सिकाइ बारे अपडेट (In-Person Learning)
Nepali
- महत्त्वपूर्ण अपडेटहरू प्रेषक चेरी क्रीक स्कूल्स
- आगामी स्कूल िषषका लागग सिकाइ विकल्पहरूबारे महत्त्िपूर्ष जानकारी
- Scott Message May 15 FINAL Nepali
- २०२० ग्राजुएसनका बारेमा महत्त्वपूर्ण जानकारी (Graduation)
- स्कूल स्रोत अधिकारीहरूका लागि महत्त्वपूर्ण जानकारी (SRO)
- प्रिके-१२ का लागि व्यक्ति-उपस्थित सिकाइ बारे अपडेट (In-Person Learning)
- चेरी क्रीक स्कूल्सले सामना गर्नु परिरहेको आर्थिक चुनौतीहरूका विषयमा एउटा प्रस्तुतीकरण (Budget Video)
- चुनाव र अवकाशका दिनहरूबारे बजेट अपडेट (Budget Furlough)
-
प्रिय चेरी क्रीक स्कूल्स परिवारहरू,
कोभिड-१९ का विषयमा नयाँ जानकारी र मार्गदर्शन आउँदै गर्दा, म अगस्टमा स्कूल पुनर्प्रारम्भ गर्नका लागि अपडेट गरिएको योजना साझा गर्न चाहन्छु। स्वास्थ्य वा अन्य कुनै कारणका लागि आफ्नो बच्चालाई स्कूल पठाउन नचाहने कुनै पनि परिवारहरूका लागि अनलाइन सिकाइ विकल्पमा थप प्रिके-१२ का विद्यार्थीहरूका लागि हप्ताको पाँच दिन व्यक्ति-उपस्थित सिकाइ प्रदान गर्न उत्साहित छौँ। स्कूलको पहिलो दिन अगस्ट १७ हुनेछ।
ग्रीष्म ऋतुको अन्त्यमा परिस्थितिहरू कस्ता देखिन्छन् भन्ने कुरा अनिश्चित रहेको हुँदा, हामी सिकाइ विकल्पहरूको एउटा शृङ्खला नै तयार गर्न जारी राख्नेछौँ जसले गर्दा परिस्थिति जस्तो भए तापनि स्कूलको सुरुवात सफलतापूर्वक गर्न सकौँ।
सधैँझैँ हाम्रो उद्देश्य भनेको, हाम्रा विद्यार्थीहरू र स्टाफको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि सम्पूर्ण आवश्यक सावधानीहरू अपनाउँदै, सम्भावनाको उच्चतम हदसम्म सम्पूर्ण विद्यार्थीहरूका लागि व्यक्ति-उपस्थित सिकाइमा फर्किने रहेको छ। यस हप्ता सम्पूर्ण मेट्रो क्षेत्रका स्थानीय स्वास्थ्य एजेन्सीहरूको गठबन्धनले शरदमा स्कूलहरू पुनर्प्रारम्भ गर्नका लागि अपडेट गरिएको मार्गदर्शन जारी गरे। मार्गदर्शन ६ फिटको दूरीमा कडा ध्यान दिनुको साटो नयाँ सुझावहरूको शृङ्खलामा ध्यान दिनु तर्फ परिवर्तन भयो जसले विद्यार्थी समूह गठन, विद्यार्थी क्रस-ओभर (आरपार हुने अवधि, लकर आदि) पर्याप्त रूपले घटाउने, र सम्भावनाको उच्चतम हदसम्म मास्क लगाउनेमा ध्यान केन्द्रित गऱ्यो।
"कोलोराडोका बालबालिकाहरूले स्कूल फिर्नु आवश्यक छ, र हामी हाम्रा क्षेत्रका सुपरिन्टेन्डेन्टहरूलाई स्कूलहरू सुरक्षित रूपमा सुचारू गर्नका लागि उनीहरूको गरेको प्रयासलाई सहयोग गर्न प्रमाण-आधारित मार्गदर्शन प्रदान गर्न पाउँदा हर्षित छौँ," स्वास्थ्यका लागि मेट्रो डेनभर साझेदारीबाट प्राप्त रिपोर्टले उल्लेख गर्छ। "अहिलेसम्म विश्वव्यापी महामारी कोभिड-१९ का करिब ९ मिलियन केसहरू देखिँदा, स्कूल सुचारू गर्न सँग सम्बन्धित धेरै सान्दर्भिक मामिलाहरू निस्कन सुरु भएका छन्। पहिलो, वयस्क व्यक्तिहरूलाई भन्दा बालबालिकाहरूलाई सङ्क्रमणको कम दर देखिएको छ र सङ्क्रमण भईहाले तापनि, उनीहरूलाई वयस्कहरूलाई जस्तो गम्भीर जटिलता हुने सम्भावना धेरै कम रहेको छ। दोस्रो, बालबालिकाहरू (लक्षणहरू नदेखाउने बालबालिकाहरू सहित) ले कोभिड-१९ फैलाउन सके तापनि, उदीयमान प्रमाणहरूले बालबालिकाहरूलाई प्रसारणका प्राथमिक वाहकहरू देखाएको छैन तथा स्कूल सुचारू गर्दा विद्यार्थीहरूबीच र विद्यार्थीहरू र स्टाफबीच प्रसारणको न्यूननत प्रभाव पर्ने सम्भावना रहेको हुन्छ।"
यस मार्गदर्शनमा आधारित रहेर, हामी सबै ग्रेडका लागि हाम्रो पूर्ण व्यक्ति-उपस्थित सिकाइ विकल्पलाई विस्तार गर्दैछौँ। सम्पूर्ण ग्रेडहरूका लागि हप्ताको पाँच दिनको व्यक्ति उपस्थित सिकाइको हाम्रो योजना बारे बढी जानकारी हाम्रो अग्र योजना २०२०-२१ वेबसाइट मा पाउन सकिन्छ। रजिस्ट्रेसन पूरा गर्नका लागि अभिभावक फारामहरूमा हस्ताक्षर गर्नु अघि, म तपाईँहरूलाई यी विकल्पहरू बारे पढ्न प्रोत्साहित गर्दछु, जुन यसै हप्ता खुला भए।
हामी सिकाइ र हाम्रा ५५,००० विद्यार्थीहरू र ९००० कर्मचारीहरूको स्वास्थ्य र सुरक्षाको प्राथमिकीकरण गर्ने विस्तृत योजना निर्माण गर्न र सामुदायिक स्वास्थ्य विशेषज्ञहरूसँग र हाम्रो सिसिएसडि अग्र योजना कार्य बल – जुन शिक्षा प्रदायकहरू, अभिभावकहरू र डिस्टिक्टका नेतृत्वकर्ताहरूले बनेको छ – सँग काम गर्न जारी राख्नेछौँ।
आगामी वर्ष एउटा कुरा निश्चित छ: स्कूल भिन्न देखिनेछ र त्यो साह्रै राम्रो हुनेछ।
सम्पूर्ण विद्यार्थीहरू तथा स्टाफ स्कूलमा पुग्नु अघि वा पुगेपछि, उनीहरूको स्वास्थ्य स्क्रिनिङ गरिनेछ, र सम्भावनाको उच्चतम हदसम्म स्कूल परिसरभित्र मास्क लगाउन आवश्यक गरिनेछ। दिनभरि विद्यार्थीहरूको समूहलाई एकै ठाउँ राख्न तथा विद्यार्थीहरूको गतिशीलता सीमित राख्नका लागि कक्षा तालिकाहरूको समायोजन गरिनेछ। एसेम्ब्लीहरू वा ठूला जमघटहरू हुनेछैनन्। विद्यार्थीहरूले सार्वजानिक आपूर्तिहरू प्रयोग गर्नेछैनन्। बारम्बार हात धुने अवसर प्रदान गर्नका लागि स्कूलहरूसँग हाते स्यानिटाइजर र साबुनका आपूर्तिहरू हुनेछन्, र कक्षाकोठाहरू, बसहरू र स्कूल सुविधाहरूलाई नियमित रूपमा किटाणुनासन गरिनेछ।
यी स्वास्थ्य उपायहरूको महत्त्वमाथि म जोड दिन चाहन्छु। यदि हामीले यी प्रोटोकलहरूको पालना गऱ्यौँ र वयस्क तथा विद्यार्थीहरूले मास्क लगाए भने, हामीलाई हाम्रो स्वास्थ्य व्यवस्थापन गर्ने ठूलो अवसर हुनेछ र सङ्क्रमणका कारण लामो समयका लागि स्कूल बन्द गर्नबाट बच्न सकिनेछ। आगामी हप्ताहरूमा हाम्रा सामाजिक सञ्जालका मञ्चहरूमा भिडियोहरूको प्रतिक्षा गर्नुहोस् जसले आगामी स्कूल वर्ष कस्तो देखिन्छ भन्ने बारेका उदाहरणहरू देखाउनेछन् र बच्चाहरूलाई सहज रूपमा स्कूल फिर्ता हुन मद्दत गर्नका लागि सुझावहरू दिनेछन्।
म हाम्रा अद्भुत शिक्षकहरू, प्रशासकहरू, स्कूल स्टाफ र अभिभावकहरूलाई धन्यवाद दिन केही समय खर्चिन चाहन्छु जसले यस महामारी सम्बोधनका लागि र नयाँ स्कूल वर्षको तयारीका असङ्ख्य घण्टाहरू बिताएका छन् जसले हाम्रा निष्पक्षता लक्ष्यहरूलाई सम्मान गरेको छ र सम्पूर्ण विद्यार्थीहरूलाई सिक्ने र बढ्ने र उन्नति गर्ने अवसर दिएको छ। म हरेक दिन हाम्रो समुदायले प्रदर्शित गर्ने दृढता, करूणाका कार्यहरू, लचकता र सङ्कल्पद्वारा उत्प्रेरित भैरहन्छु।
यस्तो बेलामा हामी सबै सँगै छौँ र हामी यस चुनौतीभन्दा माथि उठ्नेछौँ। सुरक्षित र रमाइलो ग्रीष्म मनाउनुहोला।
भवदीय,
स्कट ए. सिगफ्राइड, पिएच.डी.