• प्रिय चेरी क्रीक स्कूल परिवारहरू,

     

    हामी व्यक्ति-उपस्थित र अनलाइन सिकाइ विकल्प सहित अगस्ट १७ मा स्कूल फर्किनका लागि काम गर्न जारी राख्नेछौँ, साथै स्कूल वर्षको कुनै पनि समयमा पूर्ण दूर सिकाइमा फर्किन आवश्यक हुन सक्ने स्थितिका लागि हामी कोभिड-१९ परिस्थितिहरू र शिक्षा तथा स्वास्थ्य एजेन्सीहरूबाट प्राप्त मार्गदर्शन अनुगमन पनि गरिरहनेछौँ।

     

    हामीले सुरक्षित स्कूल पुनर्प्रारम्भका लागि योजना गरिरहँदा, हामी डिस्ट्रिक्टले अहिले सामना गर्नु परिराखेको महत्त्वपूर्ण र अत्यावश्यक बजेट चुनौतीहरू सम्बोधन गर्नका लागि पनि काम गरिरहेका छौँ।

     

    धेरैजसो राज्यको शिक्षा फन्डिङमा अभूतपूर्व र विनाशकारी कटौतीका साथसाथै यस महामारी सम्बन्धित खर्चहरूका कारण आगामी वर्ष चेरी क्रीक स्कूल डिस्ट्रिक्टले $६० मिलियनको बजेट घाटा सामना गर्नु पर्नेछ।

     

    आज, हाम्रो बजेट सङ्कट सम्बोधन गर्नका लागि हाम्रा योजनाहरूबारे केही महत्त्वपूर्ण अपडेटहरू साझा गर्दै छु।

     

    अवकाशका दिनहरू

     

    डिस्ट्रिक्टका रूपमा हामीले लिएको पहिलो कदम चाहिँ, शिक्षकहरू, प्रशासकहरू, नर्सहरू, मानसिक स्वास्थ्य र अन्य स्टाफहरूका लागि ६ दिनको अवकाश सम्झौता गर्नु हो जसले $१२ मिलियन बचत गर्दछ। यो एक पटकको बचतले हाम्रो $६० मिलियन घाटा सन्तुलन गर्दैन, तर यसले हामीलाई तत्कालका कटौतीहरूबाट बच्ने अवसर भने दिन्छ। सोमबार साँझको बैठकमा शिक्षा बोर्डले यी अवकाशका दिनहरू स्वीकृत गऱ्यो।

     

    अवकाशको दिन त्यस्तो दिन हो जब कर्मचारीले काम गर्दैनन् र तलब पनि पाउँदैनन्। तीन (३) वटा अवकाशका दिनहरूले मात्र विद्यार्थीको सम्पर्क दिनहरूमा असर गर्दछ, जसको नतिजा विद्यार्थीहरूका लागि तीन दिन अतिरिक्त विदा हुनेछ।   

     

     तलका दिनहरू विद्यार्थीहरूका लागि विदाका दिन हुनेछन्, जसमा कक्षा र दिवा स्याहार पनि हुनेछैन।

     

    • सोमबार, नोभेम्बर २३ (थ्याङ्क्सगिभिङ हप्ता)
    • मङ्गलबार, नोभेम्बर २४ (थ्याङ्क्सगिभिङ हप्ता)
    • मङ्गलबार, जनवरी ५ (हिउँदे विदाको अन्तिम दिन)

     

    नोभेम्बरमा अवकाशका दिनहरू थप भएका कारण, २०२०-२०२१ स्कूल वर्षको सम्पूर्ण थ्याङ्क्सगिभिङ हप्तामा स्कूल लाग्ने छैन। यति गर्दा पनि डिस्ट्रिक्टले कोलोराडो शिक्षा विभागले आवश्यक गरेको शैक्षणिक समय पूरा गर्नेछ। तपाईँले हाम्रो वेबसाइटमा पूरा अपडेट गरिएको क्यालेन्डर प्राप्त गर्नु हुनेछ।: https://www.cherrycreekschools.org/cms/lib/CO50000184/Centricity/Domain/4/SY2020-21%20CCSD%20Parent%20Calendar%20with%20Three%20Furlough%20Days.pdf 

     

    बोन्ड तथा बजेट चुनाव

     

    हाम्रो बजेट सङ्कटलाई सम्बोधन गर्ने अर्को महत्त्वपूर्ण कदमका रूपमा, सोमबार शिक्षा बोर्डले ऋणपत्र र बजेट चुनावका लागि सुपरिन्टेन्डेन्टको सिफारिस प्राप्त गऱ्यो। विशेषगरि, बजेट सङ्कटका केही नराम्रा असरहरू रोक्न सञ्चालन खर्चहरूका लागि $३५ मिलियनको बजे चुनावका लागि सिफारिस गरिएको हो, तथा बिलम्बित मरम्मत, सुरक्षा अपग्रेडहरू, हाइ स्कूलहरूमा इनोभेसन-केन्द्रित पुनरुद्धार, मानसिक स्वास्थ्य उपचार सुविधा, र अतिभीड घटाउनका लागि डिस्ट्रिक्टको पूर्वी भागमा नयाँ स्कूलको सम्भाव्यता सहितका खर्चहरूका लागि $१५० मिलियनको ऋणपत्र चुनाव सिफारिस गरिएको हो।

     

    अन्त्यमा यो सिफारिस बजेट कार्य बल तथा अध्यक्षहरूको परिषद, अभिभावकहरू शिक्षकहरू, प्रशासकहरू, डिस्ट्रिक्ट स्टाफ, विद्यार्थी र समुदायका सदस्यहरूले बनेको दुईवटा स्वयम्​सेवक समितिहरूबाट आएको हो जसले सम्भावित कटौतीहरू र आयका नयाँ स्रोतहरू छलफल गर्नमा महिनौको समय खर्च गरेका छन्। घरमालिकहरूका लागि यी सिफारिसहरूको संयुक्त प्रभाव हरेक $१००,००० गृह मूल्यका लागि $१.६५ हुन आउँछ। चुनावका लागि आह्वान गर्ने कि नगर्ने भन्नका लागि बोर्डले अगस्ट ३ को आफ्नो बैठकमा चुनाव गर्नेछ।

     

    आगामी कदमहरू

     

    हामीले पछिल्लो हप्ता पठाएको बजेट सर्वेक्षणका पृष्ठपोषणहरू सङ्कलन र विश्लेषण गरिरहेका छौँ र त्यसका नतिजाहरू छिटै आफ्नो समुदायसित साझा गर्नेछौँ। हाम्रो बजेटको परिस्थिति भयानक भएता पनि, अगाडि बढ्ने मार्ग पत्ता लगाउनका लागि हामी समुदायका रूपमा सँगै काम गर्न सक्नेछौँ जसले विद्यार्थीहरूलाई उत्कृष्ठ शिक्षा र उज्ज्वल भविष्यले सशक्तीकरण गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।

     

    अग्र योजना बजेट पृष्ठ मा हाम्रो बजेट बारे बढी जानकारीका साथसाथै २०२०-२०२१ स्कूल पुनर्प्रारम्भ अग्र योजना मा अगस्टमा स्कूल पुनर्प्रारम्भका लागि योजनाहरूका बारेमा अपडेटहरूका लागि सँगै रहनुहोस्। वेब पृष्ठहरू अनुवाद गर्नका लागि कालो बारमा रहेको अनुवाद मेन्युबाट भाषा सेलेक्टर प्रयोग गर्नुहोस्।

    म तपाईँले सुरक्षित र आरामदायी ग्रीष्म ऋतु उपभोग गरिरहनु भएको होला भन्ने आशा गर्दछु।

     

     

    भवदीय,

     

    स्कट ए. सिगफ्राइड, पिएच.डी.

    सुपरिन्टेन्डेन्ट

     

Last Modified on July 22, 2020