Translate
I Want To...
- Cherry Creek School District No. 5
- महत्त्वपूर्ण अपडेटहरू प्रेषक चेरी क्रीक स्कूल्स
Nepali
- महत्त्वपूर्ण अपडेटहरू प्रेषक चेरी क्रीक स्कूल्स
- आगामी स्कूल िषषका लागग सिकाइ विकल्पहरूबारे महत्त्िपूर्ष जानकारी
- Scott Message May 15 FINAL Nepali
- २०२० ग्राजुएसनका बारेमा महत्त्वपूर्ण जानकारी (Graduation)
- स्कूल स्रोत अधिकारीहरूका लागि महत्त्वपूर्ण जानकारी (SRO)
- प्रिके-१२ का लागि व्यक्ति-उपस्थित सिकाइ बारे अपडेट (In-Person Learning)
- चेरी क्रीक स्कूल्सले सामना गर्नु परिरहेको आर्थिक चुनौतीहरूका विषयमा एउटा प्रस्तुतीकरण (Budget Video)
- चुनाव र अवकाशका दिनहरूबारे बजेट अपडेट (Budget Furlough)
प्रिय चेरी क्रीक स्कूल परिवारहरू,
-
हामीले आरापाहो काउन्टीमा कोभिडको परिस्थिति अनुगमन गर्न जारी राखेका छौँ र ताजा तथ्याङ्कमा आधारित रहेर हामी अगस्ट १७ मा सुरक्षित रूपमा हाम्रो व्यक्ति-उपस्थित (पूर्ण के-५, मिश्रित ६-१२) तथा अनलाइन सिकाइ विकल्पहरू दुवै सहित स्कूल सुचारू गर्नका लागि हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरामा सावधानीपूर्वक सकारात्मक छौँ। स्कूलहरूलाई सुरक्षित रूपमा सुचारू गर्ने विषयमा निर्णय गर्नका लागि प्रयोग गरिने विशिष्ट तथ्याङ्क मेट्रिक्सहरू हेर्नका लागि तपाईँ हाम्रो वेबसाइटमा नयाँ सिसिएसडि कोभिड ट्र्याकर हेर्न सक्नुहुन्छ। यही बिहीबार अगस्ट ६ का दिन अद्यावधिक गरिएको सञ्चारको अपेक्षा गर्नुहोस्।
हामीले सुरक्षित स्कूल पुनर्प्रारम्भ गर्नका लागि योजना बनाइरहँदा, हामी राज्यको शिक्षा फन्डिङमाका साथै दीर्घकालीन खर्चहरूमा महामारीसँग सम्बन्धित अनपेक्षित र विध्वंसात्मक कटौतीहरूका कारण $६० मिलियनको बजेट कटौती सम्बोधन गर्नका लागि काम गरिरहेका छौँ।
आज, तपाईँहरूका लागि बजेट चुनौतीहरूको सामना गर्ने विषयमा हाम्रो योजनाका विषयमा एउटा महत्त्वपूर्ण अपडेट छ।
सोमबार बेलुकी, शिक्षाबोर्डले सर्वसम्मत विधिले बजेट र बोन्ड चुनावका लागि भोट गऱ्यो। विशिष्टरूपमा, बोर्डले बजेट कटौतीको सबैभन्दा खराब प्रभावहरूलाई निवारण गर्न सञ्चालनात्मक खर्चहरूका लागि $३५ मिलियन सङ्कलन गर्नका लागि बजेट चुनावको आह्वान गऱ्यो तथा बिलम्बित मरम्मत, सुरक्षा अपग्रेडहरू, हाम्रा हाइ स्कूलहरूको इनोभेसन-केन्द्रित पुनरुद्धार, एउटा मानसिक स्वास्थ्य सुविधा र भीडभाडबाट बच्नका लागि डिस्ट्रिक्टको पूर्वी भागमा नयाँ स्कूलको सम्भाव्यता सहितका खर्चहरूका लागि $१५० मिलियन बोन्ड चुनावका लागि आह्वान गऱ्यो।
चुनावका लागि आह्वान गर्ने सिफारिस बजेट कार्यबल तथा अध्यक्षहरूको परिषद्, तथा अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू, समुदायका सदस्यहरू, प्रशासकहरू र डिस्ट्रिक्ट स्टाफले बनेको दुईवटा स्वयम्सेवक समितिहरूले गरेको हो। ती समूहहरूले सम्भावित कटौतीहरू र आम्दानीका नयाँ स्रोतहरूबारे छलफल गर्न महिनौँ बैठक गरेर बिताएका छन्। घरमालिकहरूका लागि यी सिफारिसहरूको संयुक्त प्रभाव हरेक $१००,००० गृह मूल्यका लागि $१.६५ हुन आउँछ।
बजेट तथा बोन्ड चुनाव प्याकेज साथसाथै हाम्रो बजेट चुनौतीहरूमा बढी जानकारीका लागि सतर्क रहनुहोस्। हाम्रो बजेटको परिस्थिति भयानक भएता पनि, अगाडि बढ्ने मार्ग पत्ता लगाउनका लागि हामी समुदायका रूपमा सँगै काम गर्न सक्नेछौँ जसले विद्यार्थीहरूलाई उत्कृष्ठ शिक्षा र उज्ज्वल भविष्यले सशक्तीकरण गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।
स्कूल पुनर्प्रारम्भ गर्ने बारे ताजा जानकारीका लागि हाम्रो अग्र योजना २०२०-२०२१ वेबसाइट हेर्नुहोस् र यही बिहीबार अद्यावधिक गरिएको सञ्चारको अपेक्षा गर्नुहोस्।
अग्र योजना (प्लानिँग फरवार्ड) अनुवाद गर्नका लागि, कालो बारमा अनुवाद मेन्युबाट भाषा चयनकर्ता प्रयोग गर्नुहोस्।
म तपाईँले सुरक्षित र आरामदायी ग्रीष्म ऋतु उपभोग गरिरहनु भएको होला भन्ने आशा गर्दछु।
भवदीय,
स्कट ए. सिगफ्राइड, पिएच.डी.
सुपरिन्टेन्डेन्ट